राजनीति


कोभिड–१९ महामारीविरुद्ध नेपाली सेनाको प्रतिकार्यलाई सघाउने चिनियाँ विदेशमन्त्रीको प्रतिबद्धता

कोभिड–१९ महामारीविरुद्ध नेपाली सेनाको प्रतिकार्यलाई सघाउने चिनियाँ विदेशमन्त्रीको प्रतिबद्धता

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १२:२०,

नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहेले कोभिड–१९ महामारी विरुद्ध नेपाली सेनाको प्रतिकार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

भ्रमणमा रहेको चिनियाँ रक्षामन्त्री वेई र नेपालका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा उनले सो प्रतिबद्धता जनाएका हुन।

सो भेटमा चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो। सो छलफलमा मुख्यतः कोभिड–१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सुचार गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्तिसम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो।

ChineseDefenceMinister NepalArmyChief talks

‘चिनियाँ रक्षामन्त्री जनरल वेई र उहाँको प्रतिनिधिमण्डलले दुवै विषयहरुलाई सकारात्मक रुपमा लिई उच्चस्तरीय भ्रमण लगायतका द्विपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने बारेमा आश्वासन दिनु भयो,’ नेपाली सेनाको मुख्यालयमा आइतबार अपरान्ह भएको द्विपक्षीय वार्तापछि नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसै अवसरमा जनरल वेईले नेपाली सेनाको कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्य सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।’

सो छलफलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत उपस्थित रहेको नेपाली सेनाले जनाएको छ।

NepalArmy-statement.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad