समाज


पेट्रोल ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने चालकमाथि अनुसन्धान सुरु

पेट्रोल ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने चालकमाथि अनुसन्धान सुरु

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १२:१४,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पेट्रोल ट्यांकरभित्र फल्स बटम बनाएर ठगी गर्ने दुई जना चालक उपर अनुसन्धान सुरु गरेको छ।

मंसिर ३ गते ईण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नं.को ट्यांकरमा चेकजाँचका क्रममा फल्स चेम्बर बनाई ईन्धन चोरी तस्करी गरी ठगी गरेको पाइएको थियो।

ब्यूरोले चालकद्वय अजय लामा र बिकेश लामालाई पक्राउ गरीअनुसन्धान प्रकृया अगाडि बढाइएको जनाएको छ।

बारा, अमलेखगन्ज घर भएका ३५ वर्षीय चालक अजय लामा र जितपुर सिमरा उपमहानगरपालिका घर भएका २८ वर्षीय बिकेश लामालाई प्रहरीले यही मंसिर ११ गते काठमाडौंबाट पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad