राजनीति


ब्राजिलका राष्ट्रपति भन्छन् : म त कोरोनाविरुद्धको खोप लगाउँदिनँ

ब्राजिलका राष्ट्रपति भन्छन् : म त कोरोनाविरुद्धको खोप लगाउँदिनँ

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ३:१०,

ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले कोरोनाविरुद्ध खोप नलगाउने भएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार उनले खोप लगाउने/नलगाउने आफ्नो अधिकार भएको उल्लेख गर्दै खोप नलगाउने बताएका हुन्।

बिहीबार उनले भने, ‘म खोप लिन्नँ। यो मेरो हक हो।’

कोरोना महामारीका कारण खोप कहिले आउला भनेर विश्व समुदाय नै प्रतीक्षामा रहेका बेला ब्राजिलका राष्ट्रपति बोलसोनारोको निर्णयले सबै आश्चर्यमा परेका छन्।

राष्ट्रपति बोलसोनारोले खोपप्रति नै अविश्वास व्यक्त गरेको बताइएको छ।

तर मुलुकको स्वास्थ्य नियामक निकायले प्रमाणित गरेका कुनै पनि खोप नागरिकका लागि निःशुल्क उपलब्ध गराउने उनले बताए।

उनी आफू पनि गत जुलाईमा कोरोना भाइरसबाट संक्रमित भएका थिए।

कोरोना संक्रमणबाट मृत्युका हिसाबले ब्राजिल विश्वमै दोस्रो पीडित मुलुकमा पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad