छापा खबर


कर्मचारी समायोजनको अधिकार प्रदेश सरकारलाई दिने तयारी

कर्मचारी समायोजनको अधिकार प्रदेश सरकारलाई दिने तयारी

नेपालखबर
मंसिर १४, २०७७ आइतबार २:५७,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव गरिएको छ।

मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय प्रमुख सरुवाको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी अगाडि बढाएको खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

हाल नगरपालिका, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संघले खटाउँदै आएको छ।

मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीले कर्मचारीको सरुवालाई कसरी थप व्यावहारिक बनाउने भन्ने विषयमा मापदण्ड तयारी भइरहेको बताए। ‘केही सरुवाको अधिकार प्रदेशलाई हस्तान्तरण गर्दा राम्रो हुन्छ कि भन्ने कोणबाट छलफल भइरहेको छ,’ उनले भने।

मन्त्रालय नीतिगत कामभन्दा पनि सधैंभरि कर्मचारी सरुवामै व्यस्त रहनुपरेको अवस्थालाई मध्यनजर गर्दै यस विषयमा छलफल भइरहेको उनले बताए।

प्रस्तावित नयाँ मापदण्डमा स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय प्रमुख एकमुष्टरूपमा सरुवा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र त्यहाँ गएका अधिकृतलाई मुख्यमन्त्री कार्यालयबाटै खटाउने व्यवस्था गर्न खोजिएको छ।

प्रमुख प्रशासकीय अधिकृतलाई खटाउने अधिकार पाएपछि प्रदेश र स्थानीय तहबीचको समन्वय पनि बढेर जाने विश्वास गरिएको छ । यस विषयमा मन्त्री र उच्चपदस्थ कर्मचारीहरु सकारात्मक रहेका छन् । हाल संघबाट प्रमुख प्रशासकीय प्रमुख खटाउँदा प्रदेश र स्थानीय तहबीच कुनै सम्बन्ध बन्न सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad