राजनीति


ट्रम्पको अर्को हार, हुलाकी मतविरुद्धको मुद्दा पनि खारेज

ट्रम्पको अर्को हार, हुलाकी मतविरुद्धको मुद्दा पनि खारेज

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ३:३१,

चुनावमा धाँधली भएको जिकिर गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्काे हार भएको छ।

हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनअन्तर्गत हुलाकबाट गरिएको मतदान ‘अवैधानिक’ भन्दै बदरका लागि उनले दायर गरेको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरिदिएको हो।

उनको पक्षले हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध नै मुद्दा हालेका थिए। तर अदालतले त्यस्तो प्रकारका मुद्दा फेरि हाल्न नपाउने गरी खारेज गरिदिएको हो।

पेन्सिलभेनियाराज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ शनिबार राति यस्तो फैसला गरेका हुन्।

पेन्सिलभेनियाका महान्यायाधिवक्ताले शनिबार राति ट्विट गर्दै प्रजातन्त्रका लागि यो अर्को जित भएको उल्लेख गरेका छन्।

यसअघि संघीय पुनरावेदन अदालतले पनि पेन्सिलभेनियाको नतिजाविरुद्ध ट्रम्प पक्षले हालेको मुद्दा खारेज गरेको थियो।

उनका प्रतिस्पर्धी जो बाइडेनले बहुमत प्राप्त गरेर देश विदेशबाट बधाई पाइसकेका भए पनि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै कानुनी लडाइँ जारी राखेका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad