राजनीति


प्रचण्डलाई ओलीको जवाफ : कि आरोप पुष्टि गरेर मलाई कार्बाही गर्नुस्, कि जवाफदेही बन्न तयार हुनुहोस् (पूर्णपाठ)

प्रचण्डलाई ओलीको जवाफ : कि आरोप पुष्टि गरेर मलाई कार्बाही गर्नुस्, कि जवाफदेही बन्न तयार हुनुहोस् (पूर्णपाठ)

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ९:३९,

निकै चासोपूर्वक हेरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

सो प्रस्ताव अध्ययन गरी अर्को बैठक मंसिर १६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘अध्यक्ष ओलीको प्रस्ताव खाममा वितरण गरियो, आज पढ्न पाइएको छैन र त्यसबारे अहिले केही भन्न सकिएन,’ पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले भने, ‘प्रस्तुत प्रस्ताव अध्ययन गर्ने र यही बीचमा आवश्यक छलफल गृहकार्य समेत गरेर अर्को बैठक गर्ने निर्णय भएको छ।’

बैठकमा दुई अध्यक्ष र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टीको अहिलेको संकटबारे धारणा राखेका थिए।

प्रवक्ता श्रेष्ठका अनुसार उनीहरुले अहिले देखिएका समस्याका कारण पार्टी फुटतर्फ उन्मुख हुनुको कुनै कारण नभएको बताएका थिए।

‘अब १६ गते सचिवालय बैठक बस्छ, आवश्यक परे १७ गते पनि बस्छ र १८ गते स्थायी समितिको बैठक नै बस्ने तय छ, त्यहाँ पनि छलफल हुन्छ,’ श्रेष्ठले भने।

पूर्ण पाठ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad