सरकारले नयाँ कृषि कानुन ल्याएपछि रुष्ट किसानहरु कानुन सच्याउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका हुन्।
कृषकहरु देशको राजधानी दिल्लीमै गएर प्रदर्शन गर्च चाहन्थे तर यसबीचमा किसानहरुलाई दिल्लीको बोर्डरमै प्रहरीले रोकिदिएका थिए।
शुक्रबार बोर्डरमै रोकिँदा प्रहरी र किसानबीच धक्कामुक्की समेत भएको थियो। प्रहरीले किसानलाई तित्तरबित्तर बनाउन अश्रुग्यासका साथै पानीको फोहोरा प्रयोग गरेका थिए।
शुक्रबारको धक्कामुक्कीपछि किसान प्रदर्शनकारीहरुलाई दिल्लीमा प्रदर्शन गर्न प्रदर्शनस्थल तोकिएको थियो।
यद्यपी कृषकहरुले भने शनिबार दिल्लीको सिन्धु बोर्डरमै प्रदर्शन गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। किसानहरुले उक्त स्थान नछाड्ने र आप्mनो लडाई जारी राख्ने बताएका छन्।

भारतमा आएको नयाँ कृषि कानुनका कारण आफूहरु मर्कामा पर्ने किसानहरुले बताएका छन्। कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने उनीहरुको भनाइ छ।
कानुनले कृषि उत्पादन खरिद गर्ने संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन्।
नयाँ कानुनअनुसार सरकारले किसानलाई आफ्ना उत्पादन कर्पोरेट खरिदकर्ता लगायत जसलाई बेच्न सक्ने स्वतन्त्रता प्रदान गरेको छ। यसअघि किसानले होलसेल बजारमा आफ्नो उत्पादन बेच्थे जहाँ मूल्य तोकिएको हुन्थ्यो।
यस कानुनले कर्पोरेट संस्थाका कारण आफूहरु मारमा पर्ने साना खेतीपातीमा लागेका किसानहरु बताउँछन्। उनीहरुले तोकिएको मूल्य पनि पाउन नसकिने त्रास रहेको बताइरहेका छन्।
तर सरकारले भने त्यस्तो नहुने बताइरहेको छ। यसबीचमा काँग्रेस आईका नेता राहुल गान्धीले मोदी सरकारको आलोचना गर्दै भनेका छन्,‘हाम्रो नारा सैनिकलाई जयजयकार, किसानलाई जयजयकार थियो। अहिले सैनिकलाई किसानविरुद्ध खडा गरिएको छ। यो डरलाग्दो कुरा हो।’
यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री तथा समाजवादी पार्टीका प्रमुख अखिलेस यादवले किसानमाथि अन्याय भएको बताएका छन्।
उनले किसानमाथि लाठी प्रहार भएको बताउँदै भाजपा सरकारको पालामा किसानमाथि भएको यस्तो अन्याय कसैको सरकारमा नभएको बताएका छन्।
भाजपा सरकारले किसानको ऋण माफी गर्ने र किसानको आय दोब्बर बनाउने वाचा गरेता पनि अन्ततस् किसानमाथि नै षड्यन्त्र रचेको उनको भनाइ छ। एजेन्सी
Shares

प्रतिक्रिया