राजनीति


पेटमा समस्या आएपछि नेकपाका नेता रघुजी पन्त अस्पताल भर्ना

पेटमा समस्या आएपछि नेकपाका नेता रघुजी पन्त अस्पताल भर्ना

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ६:१६,

नेकपाका स्थायी समिति सदस्य रघुजी पन्त पेटमा समस्या आएपछि काठमाडौंको मोडेल अस्पतालमा भर्ना भएका छन्।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार पन्तलाई पेटसम्बन्धी समस्या भएकोले काठमाडौंको मोडेल अस्पतालमा भर्ना गरिएको छ। उनलाई बुधबार साँझ भर्ना गरिएको हो

अहिले नेता पन्तको स्वास्थ्यमा सुधार हुँदै गएको र एक हप्ता अस्पतालमै बस्न डाक्टरले सुझाव दिएको नेता रिजालले बताए।

‘उहाँको स्वास्थ्य सुधार हुँदै गएको छ तर डाक्टरले एक हप्ता अस्पतालमा आराम गर्न सुझाव दिएका छन्’, रिजालले भने।

पित्तथैलीको पत्थरीले नलीमा अवरोध भएपछि पन्तमा संक्रमण देखिएको हो। जन्डिस भएपछि उपचार गर्न बुधबार उनी मोडल अस्पताल पुगेका थिए।

पन्तलाई अस्पतालले अब्जर्भेसनका लागि राखेको थियो।

प्यांक्रियाजमा समेत संक्रमण देखिएको पन्त स्वयंले नेपालखबरलाई जानकारी दिए।

‘पित्तथैलीमा रहेको पत्थरीले गर्दा समस्या उत्पन्न भएको हो’, पन्तले भने, ‘जन्डिस भएपछि उपचार गर्नका लागि आएको थिएँ। संक्रमण देखिएकोले उपचारका लागि भर्ना गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .