ad ad

राजनीति


पोखरामा राजावादीहरुको जुलुस : मोटरसाइकलमा पूर्वराजा ज्ञानेन्द्रको फोटो, छातीमा ‘राजा आऊ, देश बचाऊ’

पोखरामा राजावादीहरुको जुलुस : मोटरसाइकलमा पूर्वराजा ज्ञानेन्द्रको फोटो, छातीमा ‘राजा आऊ, देश बचाऊ’

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ११:६,

पोखरामा बुधबार ‘राजावादी’हरुले जुलुस निकालेका छन्। पोखराको अमरसिंह चोकबाट सुरु भएको जुलुस चिप्लेढुंगामा आएर सभामा परिणत भएको थियो।

जुलुसमा चर्को आवाज निकाल्दै मोटरसाइकल हुइँकिएका थिए भने जिल्ला–जिल्लाबाट आएका गाडीहरु पनि गुडेका थिए।

जुलुसमा पेट्रोल र खाजा खर्चको लोभमा मोटरसाइकल हुँइक्याउने मात्रै थिएनन्। साच्चिकै राजा चाहियो भन्ने साधु–सन्त र शीरमा ढाकाटोपी लगाउने पुस्ता पनि सहभागी थियो।

जुलुसमा हिँड्ने अधिकांशले पूर्वराजा ज्ञानेन्द्रको फोटो आफ्नो मोटरसाइकलमा टाँसेका थिए भने छातीमा राजा आऊ, देश बचाऊ लेख्नेहरु पनि कमी थिएन।

जुलुस राष्ट्रवादी पश्चिमाञ्चलबासीले आयोजना गरेको भए पनि शिवसेना नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले यसको व्यवस्थापन गरेका थिए।

जुलुसको अन्त्यमा शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले १४ वर्षपछि देशको लागि जनताहरु सडकमा आएको बताउँदै राजामाथि न्याय गर्न आग्रह गरे।

त्यसभन्दा अघि ‘कभर सङ’ गाएर चर्चा कमाएका पोखराका गायक प्रयत्न श्रेष्ठले मञ्चमा उक्लिएर ‘श्रीमान गम्भीर’ बोलको पहिलाको राष्ट्रियगानसहित ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत गाएर सबैलाई आफूसँगै गाउन लगाएका थिए।

राजावादीहरुको यो र्‍याली पछिल्लो समय पोखरामा निकालिएको अरु राजनीतिक दलहरुको भन्दा कमको थिएन।

जुलुसमा हिँड्नेहरुले कोरोनाको समेत वास्ता गरेको देखिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .