राजनीति


हामी वार्तामा आउन तयार छौं : विप्लव (अन्तर्वार्ता भिडियो)

हामी वार्तामा आउन तयार छौं : विप्लव (अन्तर्वार्ता भिडियो)

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ३:२१,

विद्रोहमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरू वार्ता गर्न तयार रहेको बताएका छन्। तर सरकारले नचाहेको उनको आरोप छ।

सातौं पार्टी पुनर्गठन दिवसका अवसरमा पार्टीनिकट सञ्चारमाध्यम ई-रातो खबरलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘हामीले प्रतिरोध संघर्ष सुरु गर्दा नै भनेका थियौं, आज पनि भनिराखेका छौं, हाम्रो कुरा सुन्नुपर्‍याे नि!’

आफूहरू जहिले वर्ताका पक्षमा रहेको तर सरकारले नै नसुनेको उनको आरोप छ।

यस्तै उनले सरकारले आफूहरूलाई प्रतिबन्ध लगाएर झन् जनतामा जाने अवसर प्रदान गरेको बताएका छन्।

‘पार्टीमाथि ओली सरकारले प्रतिबन्ध लगाएको छ, हाम्रा लागि यो अवसर र चुनौती दुवै हो। प्रतिबन्धले हामीलाई जनतामा फर्किएर सेवा गर्ने, काम गर्ने अवसर दिएको छ,’ उनले भनका छन्, ‘यसका लागि प्रधानमन्त्री केपी ओली र सरकारलाई धन्यवाद दिन्छौँ।। प्रतिबन्धका कारण पार्टीलाई असर गरेको छ तर पनि यसमा हामीले चित्त दुखाइ रहनुपर्ने आवश्यक छैन।’

विस्तृत याे भिडियाेमा-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad