ad ad

राजनीति


बाइडेनलाई अमेरिकाको राष्ट्रपतिको रुपमा स्वीकार्न तयार छैनन् पुटिन

बाइडेनलाई अमेरिकाको राष्ट्रपतिको रुपमा स्वीकार्न तयार छैनन् पुटिन

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १२:५१,

गतहप्ता मात्र रुसका विदेशमन्त्री सर्गी लाभरोभले औपचारिक रुपमा जसको नाम राष्ट्रपतिको रुपमा घोषणा हुन्छ रुसले उसैलाई अमेरिकाको नयाँ राष्ट्रपति मान्ने बताएका थिए।

बाइडेनले राष्ट्रपति बन्न पर्याप्त मत २७० इलोक्टोरल मतभन्दा बढी मत प्राप्त गरिसकेका छन्। हालसम्म उनले ३ सयभन्दा बढी इलेक्टोरल मत पाएको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

त्यसकारण उनी नै अमेरिकाको नयाँ राष्ट्रपति बन्ने निश्चित भइसकेको छ।

यसबीचमा विश्वभरका नेताहरुले बाइडेनलाई राष्ट्रपतिको रुपमा स्वीकारेका बेला पुटिनले भने बाइडेनलाई राष्ट्रपतिको रुपमा तत्काल स्वीकार गर्न नसक्ने अभिव्यक्ति दिएका छन्।

पुटिनले रुसको सरकारी टेलिभिजनसँग आइतबार भनेका छन्,‘हामी अमेरिकी जनताको विश्वास भएको जो कोहीसँग पनि काम गर्न तयार छौं। तर त्यो विश्वास केवल एक उम्मेद्वारलाई दिन सकिन्छ जसको जीत विपक्षी पार्टीले मान्यता दिएको होस्, वा परिणाम वैध, कानूनी तरिकामा पुष्टि भएको होस्।’

यसको अर्थ पुटिनले हालसम्म पनि बाइडेनलाई राष्ट्रपतिको रुपमा स्वीकार गरेका छैनन्।

उता ट्रम्पले बाइडेनले चुनावमा धाँधली गरेर जितेको बताउँदै अदालतमा चुनौती दिइरहेका छन्। हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .