सुदूरपश्चिममा पनि पट्रोलियम पदार्थको भण्डार गृह बनाउनको लागि सरकारले जग्गा खरिदको प्रक्रिया अघि बढाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल लगायतले आज जग्गाको अवलोक समेत गरेका हन्।
९० दिनको लागि आववश्यक पेट्रोलियम पदार्थको भण्डार गृह बनाउनको लागि जग्गा जोहो गर्न लागिएको हो।
जसको लागि कैलालीको गोदावरी नगरपालिका वडा नं ८ स्थित शिवशक्ति महिला सामुदायिक वन क्षेत्रमा रहेको जग्गा खरिदको प्रारम्भिक प्रक्रिया अपनाएको निगमले जनाएको छ।
उक्त वनको ३० विगाहा जमिन प्राप्तिको प्रक्रिया अघि बढाइएको थियो।
60
Shares
प्रतिक्रिया