राजनीति


‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन’

‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन’

नेपालखबर
मंसिर ६, २०७७ शनिबार १३:११,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको बताएका छन्।

शनिबार बिहान चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी समित सदस्य सुरेन्द्र पाण्डेमाथि पार्टीकै अर्को समूहका कार्यकर्ताहरुद्वारा भएको दुर्व्यवहारतर्फ संकेत गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्।

विमर्श, छलफल र फरकमतको सम्मान जनताको बहुदलीय जनवादको विशेषता भएको उनको भनाइ छ।

‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरकमतको सम्मान जबजको विशेषता हो’, नेकपा स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले शनिबार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता पाण्डेले बोल्ने क्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गर्नुका साथै हो–हल्ला गरेका थिए।

याे पनि : चितवनमा प्रधानमन्त्री ओली समर्थक कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार (भिडियाे)

नेता पाण्डेविरुद्ध प्रदर्शन गर्ने टोलीको नेतृत्व साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाले गरेको स्थानीय नेताहरले बताएका छन्।

थपलिया प्रदेश कृषि मन्त्री धावा लामाका ज्वाइँ तथा स्वकीय सचिव हुन्। उनी प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको छोरा समेत हुन्। उनीहरु सबै प्रधानमन्त्री ओली निकट रहेको बताइएको छ।

उक्त घटनाको यसअघि पार्टी केन्द्रीय सचिवालय सदस्य एवं वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले विज्ञप्ति नै निकालेर विरोध गरेका छन्। उनीहरुले घटनामा संलग्नलाई कारबाही गर्न समेत माग गरेका छन्।

याे पनि  : माधव नेपालले भने : सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्ने जो भए पनि कारबाही गर्नुपर्छ

 सुरेन्द्रमाथिको दुर्व्यवहारले नेकपामा तरंग, माधवपछि झलनाथले पनि गरे कारबाहीको माग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad