अमेरिकामा भएको राष्ट्रपति चुनवाको नतिजा उल्टाउने पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा ठूलो झट्का लागेको छ।
जर्जिया राज्यले जो बाइडेन विजयी भएको प्रमाणित गरेको हो। जहाँ ट्रम्पभन्दा बाइडेनले १२ हजार बढी मत प्राप्त गरेका छन्।
जोर्जियामा दुई उम्मेदवारबीच मतान्तर कम भएपछि भोट पुनः हातैले गनिएको थियो। तर पनि बाइडेन नै विजयी भएका हुन्।
यसको अर्थ बाइडेनले यस राज्यबाट १८ इलेक्टोरल कलेज भोट प्राप्त गरेका हुन्।
यस्तै ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँगको भेटपछि मिसिगन प्रान्तका रिपब्लिकन पार्टीका वरिष्ठ नेताले त्यहाँ पनि बाइडेनको जित उल्टाउन सकिने कुनै जानकारी नआएको बताएका छन्। बीबीसी

प्रतिक्रिया