राजनीति


अमेरिकालगायत पश्चिमा देशलाई चीनको चेतावनी: सावधान ! हाम्रो आलोचना गर्नेकाे आँखै निकालिदिन्छौं

अमेरिकालगायत पश्चिमा देशलाई चीनको चेतावनी: सावधान ! हाम्रो आलोचना गर्नेकाे आँखै निकालिदिन्छौं

नेपालखबर
मंसिर ६, २०७७ शनिबार २:१०,

हङकङका विषयमा आफूविरुद्ध आरोप लगाउने अमेरिकालगायत पश्चिमा मुलुकलाई चीनले कडा चेतावनी दिएको छ।

गत हप्ता चीनले एक प्रस्ताव गरेको छ, जसका आधारमा हङकङ सरकारले ती नेतालाई बर्खास्त गर्न सक्छ, जो राष्ट्रिय सुरक्षाका लागि खतरा छन्। नभन्दै हङकङले लोकतन्त्र समर्थक चार सांसदलाई बर्खास्त गरिसकेकाे छ।

साेही विषयमा अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाले चीनविरुद्ध हङकङमा निर्वाचित सांसदलाई अयोग्य ठहर्‍याउने नयाँ नियम बनाएको भन्दै आलोचना गरिरहेका छन्।

त्यस्तो आरोप लगाउनेहरूको आँखै निकाल्दिने चेतावनी चीनले दिएको हो।

आफ्नो देशको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भनेका छन्, ‘तिमीहरू सावधान बन, अन्यथा आँखा निकाल्दिन्छौं। तिमीहरू पाँचवटा होऊ वा दसवटा, फरक पर्दैन।’

उनले अगाडि भनेका छन्, ‘चिनियाँ नागरिक न चिन्ता गर्छन्, न कसैसँग डराउँछन्।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad