कारोबार


बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्छ : पशुपति मुरारका

बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्छ : पशुपति मुरारका

नेपालखबर
मंसिर ३, २०७७ बुधबार १२:२६,

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन्।

कर, भ्याट, अन्तशुल्क लगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने र स्पष्ट भनाई राख्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनु पर्ने मुरारकाको भनाई छ। त्यो भूमिका किशोर प्रधानले मात्र निर्वाह गर्न सक्ने भन्दै मुरारकाले जिल्ला नगरबाट नेतृत्व अपरिहार्य रहेको बताए।

मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए।

शेखर गोल्छाले किशोर प्रधानको समूहलाई आफ्नो समूह भन्ने गरेको भन्दै मुरारकाले आगामी अध्यक्षले चाहेको समूहलाई नेतृत्वमा ल्याउन आफू लागेको बताए।

साना तथा मझौला व्यवसायीका पीडा निकै दर्दनाक हुने भन्दै मुरारकाले त्यस्ता गुनासो सुन्न सक्ने र सरकार समक्ष पुर्याउने क्षमता किशोर प्रधानसँग रहेको बताए।

महासंघको इतिहासमा हालसम्म जिल्ला नगरतर्फबाट आनन्दराज मुल्मी र कुशकुमार जोशी मात्रै अध्यक्ष भएको स्मरण गराउँदै उनले किशोर प्रधानले महासंघमा आएर गरेको त्यागलाई सम्मान गर्न पनि यसपटक उनलाई मतदान गरेर विजयी बनाउन मतदातालाई आग्रह गरे।

‘किशोर प्रधान अनुभवी र क्षमता भएको व्यक्ति हुनुहुन्छ, अहिलेको अवस्थामा महासंघमा अनुभवी व्यक्ति चाहिएको छ’ मुरारकाले भने, ‘अगाडि पर्दा तपाई नै हाम्रो मान्छे भन्ने तर पछाडीबाट असहयोगी भुमिका खेल्ने प्रवृत्ति त्यागेर मतदान गर्नुपर्छ। किशोरसँग केही गुनासा छन् भने उनकै अगाडी भन्न सक्नुपर्छ।’

अहिले उल्लेख्य सहभागीता देखेर निर्वाचन सहजै जित्ने आँकलन गर्न सकिने बताएका उनले अन्तरघात नगर्न सबैलाई आग्रह गरेका छन्।

‘म अनुरोध गर्न चाहान्छु, अहिले तपाईहरुले गर्ने कमजोरी र गल्तीका कारण आगामी ३ वर्ष पछुताउनु नपरोस्’ मुरारकाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad