राजनीति


बैठकमा नेकपा महासचिवको प्रस्ताव : हामी सचिवालय सदस्य असक्षम भयौँ, सबैले सामुहिक राजीनामा दिउँ

बैठकमा नेकपा महासचिवको प्रस्ताव : हामी सचिवालय सदस्य असक्षम भयौँ, सबैले सामुहिक राजीनामा दिउँ

मणि दाहाल
मंसिर ३, २०७७ बुधबार ९:४५,

नेकपा महासचिव विष्णु पौडेलले सो पार्टीको केन्द्रीय सचिवालयका सबै सदस्यले सामुहिक राजीनामा दिई नयाँ नेतृत्व चयनको प्रक्रियामा जान प्रस्ताव गरेका छन्।

महासचिव पौडेलले आज बुधबार बसेको सचिवालय बैठकमा सो प्रस्ताव गरेका हुन्।

‘हामी सबै असक्षम भयौं, त्यसैले सबैले सामुहिक राजीनामा दिउँ र स्थायी कमिटीमा जाउँ, त्यहिँबाट नेतृत्व ल्याउँ,’ पौडेलले सचिवालय बैठकमा प्रस्ताव गरे।

पार्टीमा देखापरेका एकपछि अर्को संकट समाधानमा अहिलेको सचिवालयको नेतृत्व असक्षम भएको भन्दै पौडेलले सो प्रस्ताव गरेका हुन्।

पौडेलले यदि नेकपाको सचिवालय समस्याको समाधान गर्न असमर्थ र समस्या सिर्जना गर्ने थलो भएको हो भने यसको प्रयोजन सकिएको बताए।

‘अहिलेको आवश्यकताअनुसार आन्दोलनलाई नेतृत्व गर्न नसक्ने भयौं। तसर्थ सचिवालय सदस्यबाट सामूहिक राजीनामा दिएर स्थायी कमिटीका सदस्यहरुलाई पार्टी नेतृत्व सुम्पौं,’ उनले बैठकमा भनेका थिए, ‘यही अवस्था हो भने कम्युनिष्ट आन्दोलनको मलामी हुन पनि तयार होऔं।’

त्यसैगरी सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीका विवादहरुबारे आफ्नो छुट्टै प्रस्ताव ल्याउने बताएका छन्।

यसअघि शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९–पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए।

नेकपा विवाद : प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने

सो प्रस्तावमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी तथा सरकार राम्रोसँग नचलाएको, एकलौटी गरेको लगायतका आरोप लगाइएको छ।

‘तपाईंले शुक्रबार पेस गरेको प्रतिवेदन आरोप र लान्छनापत्र हो, त्यसबारे चुप लागेर बस्ने कुरा हुँदैन, म त्यसको व्यवस्थित र तथ्यगत आधारमा जवाफ दिन्छु,’ प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए, ‘त्यसका लागि मलाई १० दिन चाहिन्छ।’

त्यसैगरी, सोहि बैठकमा अर्का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उठाएका विषयहरुको एक एक गरी जवाफ दिने बताएका थिए।

‘तपाईंले प्रतिवेदनमा उठाएका विषयहरुको बुँदागत रुपमा जवाफ आउँछ,’ पोखरेलले बैठकमा भनेका थिए।

सम्बन्धित समाचारहरु: 
सचिवालय बैठक रोक्ने र गरिछाड्ने जोडमा नेकपाका दुई पक्ष, यस्ता छन् दुवैतर्फका रणनीति

प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रहपछि प्रचण्डले भने सबै कुराको छलफल बैठकमै गरौं

प्रचण्डले बैठक नरोक्ने अडान लिएपछि पोखरेल र पौडेलसँग छलफलमा जुटे ओली

- बिहान वामदेव गौतमसँग भेटेका प्रधानमन्त्री ओलीको दिउँसो माधव नेपालसँग छलफल

आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार

प्रचण्डको प्रस्ताव फिर्ता नगरी नेकपाको कुनै बैठक हुँदैनः सल्लाहकार थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .