ad ad

राजनीति


कांग्रेस नेताको चेतावनीः ठूला नेताले आत्महत्या गर्ने दिन आउन सक्छ

कांग्रेस नेताको चेतावनीः ठूला नेताले आत्महत्या गर्ने दिन आउन सक्छ

नेपालखबर
साउन १३, २०७६ सोमबार ११:१७,

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले भ्रष्टाचारका कारण ठूलै नेताले आत्महत्या गर्ने दिन आउन सक्ने चेतावनी दिएका छन्।

सोमबार बुटवलमा आयोजित साक्षत्कार कार्यक्रममा नेता भण्डारीले नेताहरुले भ्रष्टाचार गरेका कारण मुलुक बन्न नसकेको दावी गरे।

कर्मचारी र नेताहरुको मिलेमतोमा भ्रष्टाचार हुँद्रै आएको उनको भनाइ थियो। ‘भ्रष्टाचारका कारण दुई जना पूर्वकर्मचारीले त आत्महत्या गरे अब राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउनसक्छ’, उनले भने।

उनले आफ्नो पार्टीका धेरै नेताहरुले भ्रष्टाचारका कारण जेलको हावा खाए पनि नेकपाले भने भ्रष्टचारीलाई लुकाएको उनको आरोप थियो। उनले वाइडबडी, बालुवाटार जग्गा प्रकरण, बुढीगण्डकी, एनसेल लगायतका काण्डका दोषीलाइ कारबाही गर्न समेत माग गरे।

उनले प्रधामन्त्री ओलीले भ्रष्टचारीलाई संरक्षण गरेर थप भ्रष्टचारका लागि प्रोत्साहन गरिरहेको आरोप लगाए। ‘काग्रेसका चिरञ्जिवी बोग्ले, गोविन्दराज जोशी, जेपी गुप्ता लगायतले जेल सजाय भोगी सके तर नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली अहिले वाइडवडी स्वीकार गर्न तयार हुनुहुन्न’, उनले भने, ‘प्रधानमन्त्री बाहाना बनाइरहनु भएको छ, दोषीहरु उहाँकै अघिपछि घुमिरहेको छन्।’

नेता भण्डारीले सरकार असफल भएको र असफल सरकार परिवर्तन गर्नु नपर्ने बताए। उनले आफ्ना एजेन्डा लिएर जनतामा जान कांग्रेसलाई आग्रह समेत गरे। ‘यो सरकारलाई पाँच वर्ष चल्न दिनुपर्छ, यसले केही गर्न सक्दैन’, उनले भने, ‘त्यसपछि कांग्रेसको पालो आउँछ।’

उनले प्रधानमन्त्रीले धेरै बोल्ने र काम कम गर्ने गरेको आरोप समेत लगाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .