ad ad

समाज


भारतमा ‘जय श्री राम’ नभन्दा ज्युँदै जलाइए मुश्लिम किशोर

भारतमा ‘जय श्री राम’ नभन्दा ज्युँदै जलाइए मुश्लिम किशोर

नेपालखबर
साउन १३, २०७६ सोमबार ११:६,

भारतको उत्तर प्रदेशमा एक मुश्लिम किशोरलाई ज्युँदै जलाइएको छ।

‘जय श्री राम’ को नारा नलगाउँदा चान्डौली जिल्लामा चार व्यक्तिले ती किशोरमाथि आगो लगाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

उनको शरीरको ४५ प्रतिशत भाग जलेको छ। किशोरका अनुसार सुरुमा उनलाई जय श्री राम भन्न लगाइएको, नमानेपछि कुटपिट गरि आगो लगाइयो।

चन्डौली प्रहरीले भने ती किशोरको अभिव्यक्ति विरोधाभास भएको बताएको छ। किशोर आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको आशंका गरेको छ।

एएनआइसँग कुरा गर्दै चन्डौलीका एसपी सन्तोष कुमार सिंहले किशोरको अभिव्यक्ति विरोधाभास भएको बताएका छन्। यसबारे सत्यतथ्य छानविन हुने उनले बताएका छन्।

यतिबेला किशारेको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले मुश्लिम किशोरले आगो लगाएको भनिएको स्थानको सिसिटीभि फुटेजमा त्यस्ता कुनै प्रमाण नभेटेको जनाएको छ। इन्डिया टुडे

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .