ad ad

राजनीति


प्रहरीको गोलीले मान्छे मार्न थालेपछि संसद अवराेध बाध्यता: खाँण

प्रहरीको गोलीले मान्छे मार्न थालेपछि संसद अवराेध बाध्यता: खाँण

नेपालखबर
साउन १३, २०७६ सोमबार १०:२३,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार तयार नभएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्नु परेको बताएका छन्।

कांग्रेस प्रमुख सचेतक खाँणले प्रहरीको गोलीलागि सर्लाहीमा मारिएका दुई जना नागरिकको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दा पनि सरकारले नमानेपछि प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध पार्नु परेको प्रष्टयाएका हुन्।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नागरिकको जीवन रक्षा गर्ने दायित्व पूरा गर्न सरकारलाई खवरदारी गर्न पनि आफूहरु लागि परेको स्पष्ट पारे।

प्रमुख सचेतक खाँणले गैरन्यायिक ढंगले प्रहरीको गोली लागेर मान्छे मार्ने काम गरिएपछि आफूहरुले मानव अधिकारको रक्षाका लागि पनि त्यसको तथ्य बाहिर ल्याउन सरकारसँग संसदीय छानबिन समिति गठन गर्न माग गर्ने एजेन्डालाई निरन्तरता दिएको पनि बताए। सरकार सो घटनालाई ढाकछोप गर्न लागि परेको पनि प्रमुख सचेतक खाँणको आरोप छ।

प्रमुख सचेतक खाँणले सो घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरासँग पनि पटक–पटक छलफल गरेपनि सुनुवाई नभएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .