प्रि–सिजनका खेलहरुमा स्टार लियोनल मेस्सी बार्सिलोनाका खेलमा सहभागी थिएनन्।
उनी आफ्नो परिवारसँग छुट्टी मनाएर भर्खरै स्पेन फर्किएका हुन्।
मेस्सी मंगलबारबाट मात्र अभ्यासमा फर्किनेछन्। तर अभ्यासमा फर्कन अगाडि मेस्सीमाथि आक्रमणको प्रयास भएको छ।
आइतबार उनी स्पेनको इबिजा टापुमा घुम्न गएका थिए।
आइतबार पार्टीमा रमाइरहेका मेस्सीमाथि आक्रमणको प्रयास भएको हो। उक्त घटनाको भिडियो सार्वजनिक भएको छ।
भिडियोमा मेस्सीमाथि आक्रमणको प्रयास भएपछि उनलाई सुरक्षा गार्डले सुरक्षा दिएर उक्त स्थानबाट बाहिर निकालेको देखिएको छ।
यस घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेकाे छ। एजेन्सी
(भिडियाे)
प्रतिक्रिया