अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भवतः पहिलोपटक लेखे- ‘उन (जो बाइडेन) ले चुनाव जिते!’
उनले यस्तो लेखेपछि धेरैले ठाने- ‘उनले आफ्ना प्रतिस्पर्धी डेमोक्रेट पार्टीका उम्मदेवार जाे बाइडेनले अमेरिकाको राष्ट्रपति चुनाव जितेको स्वीकार गरे।’
तर यस्तो बिलकुल होइन, उनले चुनावमा धाँधली भएको भन्ने आफ्नाे अडानबाट अझै पछि हट्ने कुनै संकेत देखाएका छैनन्।
बीबीसीका अनुसार ट्रम्पले ट्विटरमा यस्तो लेखेका हुन्, ‘उनले चुनाव जिते, किनकि चुनावमा धाँधली भयो।’
नोभेम्बर ३ तारिख सम्पन्न चुनावमा जो बाइडेनले बहुमत प्राप्त गरिसकेका छन्, तर ट्रम्पले अझै आफ्नो हार स्वीकार गरेका छैनन्।
चुनावमा धाँधली गरिएको आरोप लगाउँदै उनी कानुनी लडाइँमा अघि बढेका छन्।

प्रतिक्रिया