राजनीति


ट्रम्पका समर्थक र विपक्षीबीच झडप, छुरा प्रहार हुँदा एक घाइते

ट्रम्पका समर्थक र विपक्षीबीच झडप, छुरा प्रहार हुँदा एक घाइते

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ६:१२,

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने ट्रम्पको दाबीको समर्थनमा भएका र्‍यालीमा उनका समर्थक र विपक्षीबीच राजधानी वासिंटनमा झडपहरु भएको न्युयोर्क पोस्टले जनाएको छ।

पोस्टका अनुसार सो झडपका क्रममा छुरा प्रहार हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। दुई ठूला समूहबीच टेन्थ स्ट्रिट र न्युयोर्क एभेन्युमा शनिबार राति झडप भएको बताइएको छ।

हाल छुरा आक्रमणबाट घाइते भएका व्यक्तिको स्थानीय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन्।

ती मुद्दामा उनले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएका छन् तर प्रमाण पेश गरेका छैनन्।

ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन्।

निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भनि घोषणा गरेका छन्।

यसबीचमा ट्रम्प समर्थक र विपक्षीबीच झडप भएको हो। सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार ट्रम्प समर्थक र्‍यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए।

त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .