ad ad

राजनीति


शंकरलाई वर्षमानको जवाफ : प्रचण्डको प्रस्तावले नयाँ बहसको सुरुवात गरेको छ, आत्तिनु पर्दैन

शंकरलाई वर्षमानको जवाफ : प्रचण्डको प्रस्तावले नयाँ बहसको सुरुवात गरेको छ, आत्तिनु पर्दैन

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ८:५२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सचिवालय बैठकमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लिखित प्रस्तावले नयाँ बहसको सुरुवात गरेको बताएका छन्।

नेकपाकै अर्का स्थायी समित सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै फिर्ता लिन अनुरोध गरेपछि नेता पुनले भने उक्त प्रस्तावले नयाँ बहसको सुरुवात गरेको भन्दै प्रचण्डको  बचाउ गरेका हुन्।

याे पनि : शंकर पोखरेल भन्छन्ः पार्टी एकता गम्भीर मोडमा पुगेको छ, प्रचण्डले एकल प्रस्ताव फिर्ता लिनुपर्छ

नेता पुनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पोखरेलको नाम नलिइकन पार्टीमा हुने छलफल, बहस, अन्तर्विरोधबाट आत्तिने वा मात्तिने गर्न नहुने बताएका छन्।

उनले पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि,पद्धति र राजनीतिक संस्कारको विकास गर्न सबै नेतामा अनुरोध समेत गरेका छन्।

‘पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्ताबले नयाँ बहसको सुरुवात भएको छ। पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदीजस्तो हो, पार्टीमा हुने छलफल, बहस,अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन’, फेसबुकमा नेता पुनले लेखेका छन्, ‘पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कारको विकास गर्न सबै नेताहरुमा हार्दिक अनुरोध गर्दछु।’

पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्ताबले नयाँ बहसको सुरुवात भएकोछ/ पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट...

Posted by Barsha Man Pun 'Ananta' on Friday, November 13, 2020

अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको विवाद समधानका लागि तयार पारेको प्रस्ताव शनिबार सचिवालय सदस्यहरुलाई वितरण गरिएको थियो।

प्रचण्डको प्रस्तावमा ‘पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र देश निर्माणका लागि त्यागसहित पहल लिन’ प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको छ।

प्रचण्डको सोही प्रस्तावलाई लिएर प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहका नेताहरुले फरक फरक प्रतिक्रिया दिइरहेका छन्।

यो पनि : प्रचण्डको प्रस्तावको पूर्णपाठः ‘त्याग गर्न’ भन्दै मागे प्रधानमन्त्रीको राजीनामा

यस्तो छ ओलीको पत्र र प्रचण्डको जवाफ (पूर्णपाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .