सेनासँग दीपावली पर्व मनाउन राजस्थानको जयसाल्मर पुगेका मोदीले सीमा सुरक्षा बलका जवानहरुलाई सम्बोधन गर्दै भने,‘जब म हाम्रो सेनाहरू खुशी देख्छु तब मेरो आनन्द बढ्छ।’
मोदीले लगातार ७ वर्षयता दीपावली पर्व सेनासँग मनाइरहेका हुन्। हाल मोदी पुगेको स्थान सन् १९७१ मा भएको भारत–पाकिस्तान युद्धको रणनीतिक क्षेत्र मानिन्छ।
— NDTV (@ndtv) November 14, 2020Watch | "My happiness increases when I see our forces happy": PM Modi to soldiers in Jaisalmer on #Diwali pic.twitter.com/yetqAz2as8
शुक्रबार मात्र जम्मु कस्मिरमा पाकिस्तानी सेनाको कारवाहीबाट ११ भारतीय सेनाको मृत्यु भएको थियो। पाकिसतानसँगको विवादबीच मोदी जयसाल्मरको लोंगेवाला पुगेका हुन्।
मोदीले शनिबार सेनाले देश रक्षा गर्नमा ठूलो योगदान दिएको बताउँदै सेनाको योगदानलाई सरकारले उच्च मूल्यांकन गर्ने बताएका थिए।
— ANI (@ANI) November 14, 2020#WATCH | Rajasthan: PM Narendra Modi and members of Indian Armed Forces chant 'Bharat Mata ki Jai' at Longewala in Jaisalmer.
The Prime Minister is in Longewala to celebrate #Diwali with security forces. pic.twitter.com/gkWfvIxjQw
Shares

प्रतिक्रिया