चीनको चार दिने औपचारिक भ्रमणका रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार बेइजिङस्थित अरनिकोले बनाएको चैत्यको अवलोकन गरेका छन्। यो बेइजिङको महत्वपूर्ण पुरातात्विक स्मारकमध्ये एउटा हो।
चलनचल्तीको भाषामा ह्वाइट डागोबा टेम्पल पनि भनिने यो चैत्य जिर्णोद्धार गरी सन् १९९८ देखि सर्वसाधारणका लागि खुला गरिएको हो।
यसलाई बौद्ध धर्म अनुयायीले पवित्र स्थल मान्ने गर्छन्। जिर्णोद्धार क्रममा चैत्यमा काठाका ढोकाहरु, बुट्टा कुँदिएका झ्याल र सुनका गजुरसहितका नेवारी वास्तुकला शैली र प्रविधिको प्रयोग गरिएको छ।
पछिल्लो समय नेपाल–चीन कुटनीतिक सम्बन्धलाई कसिलो पार्न अरनिकोले ७ सय वर्षभन्दा अघि बनाएको यो उत्कृष्ट कलालाई पनि स्मरण गरिन्छ।
परराष्ट्रमन्त्री चैत्य अवलोकन गर्न जाँदा अरनिको परियोजनाकी सहसंस्थापक रेबेका राजभण्डारी पनि साथमै थिइन्। ‘परराष्ट्रमन्त्रीले आज केही समयअघि श्वेत चैत्यको भ्रमण गर्नुभयो। अनुवादकको रुपमा काम गर्न पाउँदा खुशी लागेको छ’, राजभण्डारीले आफ्नो एक्स अकाउन्टमा लेखेकी छिन्।
Shares

प्रतिक्रिया