प्रधामनमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले डा. केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिएका हुन्।
‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने समेत जानकारी गराउँदछु’, सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्।
कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।
डा. केसी बिहीबार कोरोना पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन्।
डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी, ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएको छ।

प्रतिक्रिया