राजनीति


स्वास्थ्यमन्त्री मेहता र कोरियाका राजदूत पार्कबीच शिष्टाचार भेट

स्वास्थ्यमन्त्री मेहता र कोरियाका राजदूत पार्कबीच शिष्टाचार भेट

नेपालखबर
असार २, २०८३ मंगलबार १५:३६, काठमाडौँ

स्वास्थ्यमन्त्री निशा मेहता र नेपालका लागि दक्षिण कोरियाका राजदूत ताइयोङ पार्कबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको थियो। 

मन्त्रालयका अनुसार स्वास्थ्य बिमा कार्यक्रम, स्वास्थ्य जनशक्तिको क्षमता विकास, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार,  स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा जडीबुटी एवं औषधि उत्पादनका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

सो अवसरमा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरिन्। 

जवाफमा राजदूत पार्कले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad