पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको निधन भएको छ।
७२ वर्षीय गौतमको तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित आफ्नै निवासमा आज (बिहीबार) बिहान निधन भएको हो।
बन्दीपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोखरेलका अनुसार निमोनियाबाट पीडित गौतमलाई अस्पतालमा उपचारपछि घर ल्याइएको थियो। तर निधन भयाे।
उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको उनले जानकारी दिए।
पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिस्ट आन्दोलनका योद्धा गौतमको निधनले सिङ्गो तनहुँलाई स्तब्ध बनाएको उनले बताए।
उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेता तथा कार्यकर्ता जुटेका छन्। मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन्। रासस

प्रतिक्रिया