अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भएसँगै उनकी पत्नी मेलानिया ट्रम्पले सम्बन्ध-विच्छेद गर्न लागेको हल्ला बाहिरिएको छ।
पहिलेदेखि सम्बन्ध-विच्छेद गर्न चाहेको र अब ट्रम्प ह्वाइट हाउसबाट बाहिरिनेबित्तिकै मेलानियाले उनलाई छाड्ने तयारी रहेकाे दाबी डेलिमेल पत्रिकाले गरेको हो।
ट्रम्प र मेलानियाबीच विवाह भएको १५ वर्ष पूरा भएको छ। उनीहरूको विवाह व्यावासायिक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारले भनेको डेलिमेलले दाबी गरेको छ।
तर ट्रम्पकी पत्नी मेलानियाले भने आफ्ना विरोधीले यस्तो गलत हल्ला फैलाएको भनेर दाबी गरेको समाचार पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

प्रतिक्रिया