हाल जारी संघर्षलाई समाप्त गर्ने सम्झौतामा रुस, आर्मिनिया र अजरबैजानले हस्ताक्षर गरेको बीबीसीले जनाएको छ।
६ हप्तासम्म अजरबैजान र आर्मिनियाबीच नागोर्नो–काराखाबको स्वामित्वको विषयमा युद्ध चलेको थियो। यस युद्धमा सयौं सर्वसाधारहरु मारिएका छन्।
सोमबार राति भएको सम्झौताअनुसार अजरबैजानले युद्धका क्रममा नियन्त्रणमा लिएको नागोर्नो–काराबाखको केही क्षेत्रमा अजरबैजानकै स्वामित्व हुनेछ।

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले उक्त विवादित क्षेत्रमा रुसले १९ सय ६० शान्ति सेना पठाइसकेको पनि जानकारी दिए।
तर नागोनो–काराबाख आफ्नो मात्र भएको दाबी गर्ने आर्मिनियाले अजरबैजानले केही क्षेत्रको स्वामित्व पाएपछि दुख व्यक्त गर्दै यस सम्झौता आफू र देशवासीको लागि दर्दनाक भएको बताएको छ।
नागोर्नो–काराबाख विवाद के हो?
नागोर्नो–काराबाख ४४ सय बर्ग किलोमिटरमा फैलिएको इलाका हो। यहाँ आर्मिनियाका इसाई र मुस्लिम तुर्क बसोबास गर्दछन्।
सोभियत संघको अस्तित्वको दौरान यस क्षेत्र अजरबैजान भित्रको एक स्वायत्त क्षेत्र बनेको थियो। अन्तर्राष्ट्रियस्तरमै यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्छ। तर यहाँ अधिकतम रुपमा आर्मिनियाका नागरिक बस्छन्।
दुई देशले यस भूमिलाई आफ्नो भएको दाबी गर्दछन्। सन् १९८० देखि सन् १९९० मा यस क्षेत्रका लागि दुई देशबीच युद्ध नै भएको थियो। सो क्रममा ३० हजार मानिस मारिनुका साथै १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।
सन् १९९४ को युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ।
Shares

प्रतिक्रिया