कारोबार


सुनको मूल्य एकैदिन प्रतितोला ३४ सय रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन प्रतितोला ३४ सय रुपैयाँले घट्यो

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ६:४,

सुनको मूल्यमा ठूलो गिरावट आएको छ। मंगलबार एकैदिन प्रतितोला ३४ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९८ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज मंगलबार ९४ हजार ८ सय रुपैयाँमा झरेको हो।

त्यस्तै तेजाबी सुन अघिल्लो दिन ९७ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भएकोमा आज घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको छ।

आज चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ। प्रतितोला १२ सय १५ रुपैयाँमा आज कारोबार भएको चाँदी अघिल्लो दिन १२ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।

यस्तो छ कात्तिक महिनाको सुनको मूल्यस्थिति

gold price kattik 2077

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad