राजनीति


सूचना प्रविधिको विकासका लागि १० वर्षे कार्ययोजना बनाउन सञ्चारमन्त्री गुरुङको निर्देशन

सूचना प्रविधिको विकासका लागि १० वर्षे कार्ययोजना बनाउन सञ्चारमन्त्री गुरुङको निर्देशन

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १५:१०,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीहरुको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको व्यवस्था मिलाउन नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रसहितका सम्बद्ध निकायलाई सचेत गराएका हुन्।

‘इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको ठूलो गुनासो छ,’ सोमबार सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भने,‘सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछु।’

उनले हरेक विद्यालय तहमा इन्टरनेट सेवाको विस्तार गर्ने निर्णय कार्यान्वयनमा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे। मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न जरुरी रहेको बताए।

चीन, भारत, दक्षिण कोरियालगायतका मुलुक सूचना प्रविधिको विकासबाट सबल राष्ट्र बन्न सफल भएको दृष्टान्त पेश गर्दै उनले त्यसबाट सिकेर प्रविधिको विकास हुने गरी १० वर्षे कार्य योजना बनाएर अघि बढन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आग्रह गरे।

त्यसका लागि आवश्यक कार्यविधि, निर्देशिका, ऐन, नियमको आवश्यक व्यवस्था मिलाउन आफू तयार रहेको सञ्चारमन्त्री गुरुङको भनाई थियो।

मन्त्री गुरुङले सूचना प्रविधिको विकासमा योगदान पु-याउने गरी ‘थिंक टयाङ्क’को निर्माण तथा अनुसन्धानको काममा केन्द्रित हुन पनि सम्बन्धित क्षेत्रलाई विशेष ध्यान दिन आग्रह गरे। उनले सूचना प्रविधिको क्षेत्रमा कार्यरत सरकारी निकायले निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अब्बल हुने गरी थप सेवा विस्तारको कामलाई अघि बढाउन ढिलाई गर्न नहुने उल्लेख गरे।

मन्त्री गुरुङले कसैले गुनासो नगर्ने गरी ‘नागरिक एप्स’ संचालन गर्नुपर्ने बताए। सूचना प्रविधिको विकासका लागि त्यस क्षेत्रका विज्ञहरुको सुझावलाई ध्यानमा राखेर कार्यक्रम बनाउनुपर्ने आवश्यक्ता औंल्याउँदै मन्त्री गुरुङले त्यसका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे।

सो अवसरमा बोल्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सूचना प्रविधिको विकास दु्रत गतिका साथ हुने गरी काम गर्न केन्द्रका कर्मचारीहरुलाई आग्रह गरेका थिए भने कार्यकारी निर्देशक सुनिल पौडेलले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्री गुरुङलाई जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad