समाज


हिजो र आज दुई जनाको ज्यान लिएको चितुवालाई स्थानीयले मारे

हिजो र आज दुई जनाको ज्यान लिएको चितुवालाई स्थानीयले मारे

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १४:५२,

डडेल्धुरामा दुई जना मान्छेको ज्यान लिएको चितुवा स्थानीयले मारेका छन्।

आइतबार साँझ र सोमबार गरी दुई जनालाई मारेको चितुवालाई सोमबार स्थानीयले ढुंगा हानेर मारेका हुन्।

आइतबार साँझ भागेश्वर गाउँपालिका १ जाखका कृष्ण साउदका १२ वर्षीय छोरा दीलबहादुर साउदको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

आफ्नो घर बयलबडा बजारबाट आधाघण्टा टाढा रहेको काकाको घरमा आगनमा खेलिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।

सोमबार दिउँसो बैतडी घर भई भागेश्वर गाउँपालिका १ तलतोली बस्ने दुर्गासिंह महताकी २१ वर्षीया छोरी मायाकुमारी महताको चितुवाको आक्रमणबाट ज्यान गएको छ। दिउँसो घाँस काट्न गएकी उनको चितुवाको आक्रमणबाट ज्यान गएको हो।

सोमबार साँझ उनै युवतीको शव खान आएको चितुवालाई स्थानीयले घेरा हालेर ढुंगामुढा गरी मारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।

एसएसपी सिंहका अनुसार सो चितुवाको आक्रमणबाट चार जना सामान्य घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad