राजनीति


सारा विश्वले बाइडेनलाई बधाई दिइरहँदा रुसका राष्ट्रपति पुटिन किन चुप?

सारा विश्वले बाइडेनलाई बधाई दिइरहँदा रुसका राष्ट्रपति पुटिन किन चुप?

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार २:३८,

विश्वका कैयौं देशका राष्ट्र/सरकार प्रमुखले अमेरिकाको राष्ट्रपति पदमा विजयी भएकामा जो बाइडनेलाई बधाई दिए तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अझै कुनै प्रतिक्रिया जनाएका छैनन्। 

बीबीसीका अनुसार उनले न ट्विट गरेका छन्, न टेलिफोन न कुनै बधाई सन्देश नै जारी गरेका छन्।

बरु रुसको सरकारी टेलिभिजन च्यानलमा विवादित प्रस्तोता दिमित्री किसलेभले अमेरिकाको चुनावका विषयमा धेरै प्रश्न उठाएका छन्।

उनले आफ्नो साप्ताहिक कार्यक्रममा भने, ‘अमेरिकी चुनाव प्रणाली यति पुरानो छ कि डायनोसरजत्तिकै। म यसलाई लोकतान्त्रिक प्रणाली मान्न सक्दिनँ।’

keslev

किसलेभले अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई हराउन जो बाइडेन पक्षले चुनावमा धाँधली गरेको आरोप लगाइरहेको कुरा पनि उल्लेख गरे।

किसलेभ पश्चिमी देशको आलोचना गर्ने व्यक्तिका रूपमा परिचित छन्। उनले आफ्नो कार्यक्रममा ट्रम्पले गरेको सम्बोधनको प्रत्यक्ष प्रसारण बीचमै रोक्ने अमेरिकी टीभी च्यानलको पनि आलोचना गरे। 

याे पनि :  ट्रम्पनिकट मानिने साउदी अरबको राजपरिवारले पनि दियो बाइडेनलाई बधाई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad