कार्लोस सोलेरले ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगामा भ्यालेन्सियासँग हारेकाे छ।
आइतबार राति भएको खेलमा भ्यालेन्सियाले रियललाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
भ्यालेन्सियाले एक गोल उपहार पाउँदा रियलका लागि करिम बेन्जेमाले एक गोल गरे। खेलको २३औं मिनेटमा रियलका बेन्जेमाले गोल गर्दै सुरुवाती अग्रता लिए पनि हार भोग्न बाध्य भएकाे हाे।
३५औं मिनेटमा सोलेरले पेनाल्टीमा गोल गर्दै खेललाइ बराबरीमा ल्याए। ४३औं मिनेटमा भीएआरको सहायतामा राफयल भरानको आत्मघाती गोल देखिएपछि भ्यालेन्सियाले २–१ को अग्रता बनाएको थियो।
सोलेरले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। उनले ३५,५४ र ६३औं मिनेटमा पेनोल्टीमा गोल गर्दै फराकिलो जित निश्चित गरेका हुन्।
हारसँगै रियल १६ अंकमा चौथो स्थानमा रहँदा भ्यालेन्सिया ११ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ।
गएराति भएको खेलमा भिल्ला रियलले गेटाफेलाइ ३–१ ले तथा रियद भिल्लाडोलिडले एथलेटिको विल्वाओलाइ २–१ ले पाखा लगा। लेभान्ते र अल्भासले एक एकको बराबरी गर्दै अकं बाँडे।
Shares

प्रतिक्रिया