राजनीति


ट्रम्पनिकट मानिने साउदी अरबको राजपरिवारले पनि दियो बाइडेनलाई बधाई

ट्रम्पनिकट मानिने साउदी अरबको राजपरिवारले पनि दियो बाइडेनलाई बधाई

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार २:१२,

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट मानिने साउदी अरबकाे राजपरिवारले पनि केही समयकाे माैनतापछि अन्तत: जितका लागि जो बाइडेनलाई बधाई दिएकाे छ। 

साउदी अरबका राजा शाह सलमान बिन अब्दुलाजिज अल साउद र उनका छाेरा राजकुमार मोहम्मद बिन सलमानले अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा ट्रम्पलाई पराजित गर्दै विजयी भएका डेमोक्रेटका उम्मेदवार बाइडने तथा उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन्।

बीबीसीका अनुसार साउदीका राजकुमार ट्रम्पका निकट मानिन्छन्। ट्रम्प यसअघि राष्ट्रपतिमा निर्वाचित भएका बेला पहिलो विदेश भ्रमणअन्तर्गत साउदी जाँदा उनको भव्य स्वागत भएको थियो। जति स्वागत यसअघिका राष्ट्रपति बाराक ओबामा जाँदा गरिएकाे थिएन।

किनकि ओबामा इरानप्रति नरम दृष्टिकोण राख्ने नेता मानिन्छन्।

याे पनिट्रम्प दम्पती नै भन्छन् : बाइडेन विजयी भएको कुरा हामी मान्दैनौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad