सरकारले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण गएको चैत यता बन्द रहेको अन्तर्राष्ट्रिय उडानलाई सुरु गर्ने निर्णय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले गरेको हो।
समितिको आइतबार साँझ बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न मन्त्रिपरिषद्मा सिफारित गर्ने निर्णय गरेको छ।
दक्षिण एसियालगायतका उपयुक्त गन्तव्य मुलुकमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
त्यसैगरी बैठकमा विगत आठ महिनादेखि बन्द रहेका शैक्षिक संस्थाहरु खुलाउने विषयमा पनि छलफल भएको छ। यो विषयमा पनि मन्त्रिपरिषद्मा छलफल गर्ने निर्णय बैठकले गरेको छ।
3
Shares

प्रतिक्रिया