देशभर दिनप्रतिदिन जाडो बढ्ने क्रम जारी छ।
मौसमविद्का अनुसार सबैभन्दा चिसो अहिले जुम्लामा छ। त्यहाँ आइतबार न्यूनतम तापक्रम माइनस शून्य दशमलव ७ अर्थात् –०.७ डिग्री सेल्सियसमा झरेको छ। आजको अपडेट आउन बाँकी छ।
यसैगरी काठमाडौं उपत्यकाको अहिले बिहानको तापक्रम ९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।
‘देशैभर तापक्रम घट्ने क्रम जारी छ,’ सोमबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘अहिले त्यस्तो नयाँ सिस्टम (मौसमी प्रणाली) केही छैन। भोलिचाहिँ पश्चिमतिर पश्चिमी वायुको थोरै असर देखिने र एक दुई स्थानमा हल्का पानी पर्ने पनि सम्भावना छ।’
3
Shares

प्रतिक्रिया