राजनीति


अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ६:४५,

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई दिएकी छन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले निर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएकी हुन्।

राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपति र र उपराष्ट्रपतिको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएकी बताएकी छन् ।

‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा कमला ह्यारिसलाई हार्दिक बधाई,’ राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छन्, ‘उहाँहरूको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad