अमेरिकाको आगामी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्दी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई चुनावको अन्तिम नतिजा आउनुअघि नै आफूलाई विजेता घोषित नगर्न चेतावनी दिएका छन्।
केही बेरअघि ट्विट गर्दै वर्तमान राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘बाइडेन राष्ट्रपतिमा गलत दाबी नगर। त्यस्ताे दाबी म पनि गर्न सक्छु। कानुनी प्रक्रिया भर्खर सुरु भएको छ।’
— Donald J. Trump (@realDonaldTrump) November 6, 2020Joe Biden should not wrongfully claim the office of the President. I could make that claim also. Legal proceedings are just now beginning!
तर उनी आफैंले चाहिँ दुईपटक आफूलाई विजयी घोषणा गरिसकेका छन्।
बाइडेनले मत धेरै ल्याएका राज्यमा ट्रम्पले चुनावमा धाँधली भएकाे भन्दै पुन: मत गणनाका लागि अदालतमा मुद्दासमेत हालेका छन्। कतिपय स्थानमा हाल्ने तयारीमा छन्।
अमेरिकामा आगामी ४ वर्षका लागि राष्ट्रपति निर्वाचित गर्न गत मंगलबार चुनाव भएको थियो। जसको मत गणना जारी छ।
याे पनि :
अमेरिकी निर्वाचनः जर्जिया राज्यमा पुनः मतगणना गरिने
यी राज्यमा ट्रम्पले जिते भने बाइडेनसँग मत बराबर हुन्छ, यस्तो भयो भने राष्ट्रपति को हुन्छ?

प्रतिक्रिया