आउने मंसिर ३ गतेदेखि काठमाडौंको खुलामञ्चमा विपन्नलाई निःशुल्क खाना नखुवाइने भएको छ।
कोरोना महामारी सुरु भएयता विभिन्न संघ संस्थाले खुलामञ्चमा गरिरहेको निःशुल्क खाना वितरण कार्यक्रम तिहारको भाइटीकाकाे भाेलिपल्ट (मंसिर ३ गते) देखि बन्द गरिने भएको हो।
त्यसरी खुला ठाउँमा खाना खुवाउने गर्दा असुरक्षित तथा फोहोर भई कोरोना संक्रमणको जोखिम झन् बढ्ने भएको भन्दै शुक्रबार काठमाडौं महानगरपालिका र नि:शुल्क खाना खुवाउने संघरसंस्थाका प्रतिनिधिबीच खुला र सार्वजनिक स्थानमा त्यस्तो कार्यक्रम नगर्ने नगराउने सहमति भएको हो।
विपन्न, असहायलाई निःशुल्क खाना खुवाउन चाहनेले मंसिर २ गतेदेखि अन्य वैकल्पिक स्थान (सुरक्षित र बन्द स्थल) पहिचान गरी खुवाउनुपर्ने सहमति पत्रमा उल्लेख छ।
हेर्नुहाेस्, सहमित-



प्रतिक्रिया