राजनीति


जोर्जिया र पेनसेल्भेनियामा मतान्तर घटाउँदै बाइडेन, यहाँ हारे ट्रम्प राष्ट्रपति बन्ने छैनन्

जोर्जिया र पेनसेल्भेनियामा मतान्तर घटाउँदै बाइडेन, यहाँ हारे ट्रम्प राष्ट्रपति बन्ने छैनन्

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ८:३०,

१६ इलेक्टोरल भोट भएको जोर्जियामा ट्रम्पले बाइडेनलाई मात्र १२ सय ६७ मतले अग्रता लिइरहेको सीएनएनले जनाएको छ। यहाँ हालसम्म ९९ प्रतिशत मतगणना भइसकेको छ। राति भइसकेकाले केही स्थानमा मतगणना रोकिएको उल्लेख गरिएको छ।

यस्तै २० वटा इलेक्टोरल भोट भएको पेनसेल्भेनियामा हालसम्म ट्रम्पकै अग्रता छ। यद्यपी ९५ प्रतिशत मतगणना भइसक्दा यहाँ बाइडेनले मतान्तरलाई घटाउन सफल भएका छन्। हाल ट्रम्प बाइडेनभन्दा १८ हजार २२९ मतले अगाडि रहेको बताइएको छ।

यी दुई राज्यमा ट्रम्प हारे उनले नयाँ कार्यकालका लागि राष्ट्रपति बन्न नपाउने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको मतगणना अझै जारी रहेको हो।

निर्वाचनमा हुलाकबाट मतदान गरिएका कारण यसपटक अमेरिकामा मतगणना प्रक्रिया ढिला भएको र नतिजा आउनमा पनि ढिलाई भएको जनाइएको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले ११ वटा इलेक्टोरल भोट भएको एरिजोना राज्यमा जित्ने निश्चित भइसकेको छ।

त्यहाँ बाइडेनले ४७ हजार ५२ मतले ट्रम्पलाई पछाडि पारेका छन्। यस्तै बाइडेनले ६ इलेक्टोरल भोट भएको नेभाडा राज्यमा ट्रम्पलाई पछाडि पारिरहेका छन्। ८९ प्रतिशत मतगणना भइसक्दा बाइडेन ११ हजार ४३८ मतले अगाडि छन्।

यो पनिः जित्ने अपेक्षा गरेको स्थानमा पछाडि परेपछि ट्रम्पले फेरि भनेः चुनावमा धाँधली भयो

ट्रम्प हाल मतगणना भइरहेको पाँच राज्यमध्ये १५ इलेक्टोरल भोट भएको उत्तरी क्यारोलिनामा निकै बलियो देखिएका छन्। त्यहाँ ट्रम्पले बाइडेनलाई ७६ हजार भोटले पछि पारिरहेका छन्।

अमेरिकी संचार माध्यमका अनुसार हालसम्म बाइडेनले २५३ इलेक्टोरल मत पाएका छन्। ट्रम्पले भने २१४ इलेक्टोरल मत पाएका छन्।

अमेरिकी राष्ट्रपति बन्न ५३८ मध्ये २७० इलेक्ट्रोरल कोलेज भोट चाहिन्छ।

जसमध्ये अब बाइडेनले राष्ट्रपति बन्न १७ इलेक्टोरल भोट जिते हुन्छ। बाइडेनले हाल ११ इलेक्टोरल भोट भएको एरिजोना र ६ इलेक्टोरल भोट भएको नेभाडा राज्यमा अग्रता लिइरहेका छन्।

यी स्थानमा जिते बाइडेनले थप १७ इलेक्टोरल भोट प्राप्त गर्नेछन् र ह्वाइट हाउसको बाटो तय गर्नेछन्।

तर यो दुई स्थानमा परिणाम गडबड भए बाइडेनलाई राष्ट्रपतिको निर्वाचनमा घाटा समेत लाग्नसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad