राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाल’ नामको अगाडि कुनै विशेषण जोड्न आवश्यक नरहेको बताएका छन्।
अध्यक्ष थापाले सरकाले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने भनि गरेको निर्णय ठीक भएको बताएका छन्।
उनले आफू संघीयता र गणतन्त्रको विपक्षमा भएका कारण प्राचीनकालदेखि नै हाम्रो देशको नाम नेपाल रहेको र यसको अगाडि कुनै विशेषण आवश्यक नभएको बताएका हुन्।
उनले विशेषण हटाउँदा षड्यन्त्र भएको देख्नेहरुको मान्यता कमजोर धरातलमा खडा भएको बताएका छन्।
‘संघीयता÷गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो। नामको अगाडि विशेषण जोड्नु आबश्यक थिएन। सरकारको निर्णय ठीक छ। नाम अगाडि रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ–ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ’, थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
संघियता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो।नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन।सरकारको निर्णय ठीक छ।नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ
— Kamal Thapa (@KTnepal) November 6, 2020सत्तारुढ दल नेकपाका केही नेताहरु र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको निर्णयको विरोध गरिरहेका बेला अध्यक्ष थापा भने सरकारको पक्षमा देखिएका हुन्।
मन्त्रिपरिषदको ११ असोजमा बसेको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा असोज २८ मा मातहत निकायमा जारी परिपत्रमा उल्लेख छ।
कानून मन्त्रालयको जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भएको छ।

प्रतिक्रिया