सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच आपसी विवाद तीब्र भइरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठक पनि नबस्ने र बहुमतको निर्णय पनि नमान्ने अडान लिइरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन्।
स्रोतका अनुसार बैठब तीन बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेता सहभागी हुने स्रोतले बतायो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाएको जानकारी दिए।
‘कार्यकारी अध्यक्षले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाउनु भएको छ,’ श्रेष्ठले नेपालखबरसँग भने।
यता प्रधानमन्त्री ओलीनिकट सचिवालय सदस्यहरुलाई भने बैठकका बारेमा कुनै जानकारी नआएको बताइएको छ।
‘बैठकको बारेमा कुनै जानकारी आएको छैन’, सचिवालय सदस्य ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले भने, ‘बैठक भएको भए जानकारी आउनु पर्ने हो।’
Shares

प्रतिक्रिया