चीनले भारतसहित पाँच देशबाट गैर चिनियाँ यात्रीको प्रवेशमाथि प्रतिबन्ध लगाएको छ।
कोरोना भाइरसको संक्रमण बढेपछि भारतसहित बेलायत, बेल्जियम, फ्रान्स र फिलिपिन्सबाट चीनमा यात्रा गर्न प्रतिबन्ध लगाइएको हो।
भारतबाट चीनको वुहान पुगेका १९ यात्रीमा कोरोना पोजिटिभ देखिएपछि चीनले यस्तो प्रतिबन्ध लगाएको हो। भारतस्थित चिनियाँ दुताबासले यात्रा प्रतिबन्ध सम्बन्धी सूचना प्रकाशित गरेको छ।
भारतीय अधिकारीहरुले दुताबासबाट भएको घोषणाको कारण यो प्रतिबन्ध चाँडै खुल्ने अपेक्षा लिएको बताएका छन्।
चिनियाँ अधिकारीहरुले पनि विश्वभर कोरोना संक्रमणको नयाँ महामारीको नयाँ चरण शुरु भएको कारण प्रतिबन्ध घोषणा गरेको जनाएका छन्।
पछिल्लो चरणमा युरोपेली देशहरुले कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । विभिन्न देशहरुले महामारी नियन्त्रणका लागि दास्रो चरणको लकडाउन समेत गरेका छन्।
Shares

प्रतिक्रिया