अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाकबाट गरिने मतदान विनाशकारी हुन्छ भनेर आफूले चुनावअघि नै भनेको बताएका छन्।
आगामी ४ वर्षका लागि राष्ट्रपति निर्वाचित गर्न अमेरिकामा मंगलबार भएको चुनावको अहिले मत गणना जारी छ।
जसमा वर्तमान राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धा गरिरहेका छन्। अहिलेसम्मको नतिजाले ट्रम्पभन्दा बाइडेन अगाडि भइरहेका छन्।
यसकारण ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन्।
यसै क्रममा राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले हुलाकी मतदानमा अनियमितता हुन्छ भनेर आफूले पहिले नै भनेको बताएका हुन्।
उनले भने, ‘चुनावबारेको विवाद अदालतसम्म लगेको छु, किनकि यो प्रक्रियै अनुचित थियो, म यसरी चुनावमा भएको धाँधली सहन सक्दिनँ। मैले पहिले भनेको थिएँ कि यो (हुलाकबाट मतदान) विनाशकारी हुन सक्छ।’
ट्रम्पले एरिजोना राज्यमा आफूले अग्रता लिइरहेको दाबी पनि गरे। अहिलेसम्म त्यहाँ ८८ प्रतिशत मत गनेर सकिएको छ भने बाइडेन अगाडि देखिएका छन्।
पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘चुनावको पवित्रता रक्षा गर्नु मेरो उद्देश्य हो र यति महत्वपूर्ण चुनावमा कुनै अनियमितता हुन दिन्नँ।’
ट्रम्पले अगाडि भने, ‘मलाई लाग्छ, हामी चुनावको पवित्रतामा सम्झौता गर्न सक्दैनौं। चुनावका नतिजाका विषयमा हामीले कानुनी प्रक्रियामा जानुपर्ला। मलाई आशा छ परिणाम चाँडै आउनेछ। यस विषयमा न्यायाधीशले निर्णय गर्नुपर्नेछ।’
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्प-
— BBC News (World) (@BBCWorld) November 6, 2020“We can both claim the states, but ultimately I have a feeling judges are going to have to rule”
Donald Trump alleges fraud - without any evidence: “There has been a lot of shenanigans and we can’t stand for that in our country”https://t.co/fVQ13KG8wT pic.twitter.com/K8nArjuYOP

प्रतिक्रिया