राजनीति


यी राज्यमा आफू ओरालो लाग्दै गएपछि फेरि कड्किए ट्रम्प : मलाई हराउन बाइडेनले ‘अवैध’ मत प्रयोग गरिरहेका छन्

यी राज्यमा आफू ओरालो लाग्दै गएपछि फेरि कड्किए ट्रम्प : मलाई हराउन बाइडेनले ‘अवैध’ मत प्रयोग गरिरहेका छन्

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार २:२१,

अमेरिकाका वर्तमान राष्ट्रपति एवं आगामी कार्यकालका लागि उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडनेविरुद्ध फेरि एकपटक आरोप लगाएका छन्।

बीबीसीका अनुसार उनले आफूलाई हराउन बाइडेन पक्षले ‘अवैध’ भोटको प्रयोग गरिरहेको आरोप लगाएका हुन्। तर उनले यसको कुनै प्रमाण दिन सकेका छैनन्।

दुई दिन मौन बसेका ट्रम्प जितका लागि महत्वपूर्ण मानिने जर्जिया र पेन्सिलभेनिया राज्यमा हुलाकी मत गणना क्रममा आफू पछि पर्दै गएपछि पुन: आरोपमा उत्रिएका हुन्।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै उनले ‘वैधानिक’ हिसाबले आफू विजयी हुने देखेपछि बाइडेन पक्षले ‘अवैध’ मतको प्रयोग गरी नतिजा आफ्ना पक्षमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन्।

तर विश्लेषकले उनको आरोपमा कुनै आधार नभएको टिप्पणी गरेका छन्। राष्ट्रपति ट्रम्पले जहाँ हुलाकी मतको पुनः गन्ती गर्नुपर्ने भनिरहेका छन्, त्यहाँ कुनै अवैध काम भएको छैन।

अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि अमेरिकामा राष्ट्रपतिको चुनाव राम्रोसँग सम्पन्न भइरहेको बताइरहेका छन्।

याे पनि

धैर्य गर्नुस्, सबै मत गनिसक्न दिनुस्, राष्ट्रपति-उपराष्ट्रपतिमा हाम्रै जित निश्चित छ : बाइडेन

अमेरिकाको राष्ट्रपति चुनाव : कहाँ-कहाँ छ मत गणनामा विवाद? ट्रम्प पक्षको आरोप के छ?

राष्ट्रपति बन्नुअघि नै बाइडेनले गरे ह्वाइट हाउसका लागि यस्तो तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad