अमेरिकी राष्ट्रपतीय निर्वाचनको जारी मतगणनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनसँगको दुरी कम गरेका छन्।
ट्रम्पले २९ इलेक्टोरल मत रहेको फ्लोरिडा र ६ इलेक्टोरल मत रहेको आयोवा राज्यमा जित्ने प्रक्षेपण गरिएको छ।
यससँग ट्रम्पको इलेक्टोरल मत संख्या १७१ पुगेको सीएनएनले जनाएको छ।
बाइडेनले २१५ इलेक्टोरल मत हासिल गरेका छन्। जितका लागि २७० मत आवश्यक पर्छ।
मतपरिणाम सार्वजनिक भइरहँदा दुवै उम्मेदवारले जित हात पार्ने दाबी गरेका छन्। तर, चुनावको स्पष्ट नतिजा आउन केही दिन लाग्नसक्ने सम्भवना पनि छ। एजेन्सी
3
Shares

प्रतिक्रिया