राजनीति


अमेरिकी निर्वाचन : यी चार राज्यको मत परिणाम निर्णायक बन्दै

अमेरिकी निर्वाचन : यी चार राज्यको मत परिणाम निर्णायक बन्दै

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार ६:८,

चार राज्यको मतले अमेरिकी राष्ट्रपति निर्वाचनकाे परिणाम निर्धारण गर्ने भएको छ।

पेन्सिलभेनिया, मिचिगन, जर्जिया र विस्किन्सिन राज्यको चुनावी परिणामले राष्ट्रपति डोनाल्ड ट्रम्प र जो वाइडेनको जीत निर्धारण गर्ने देखिएकाे छ।

पेन्सिलभेनियामा २०, मिचिगन तथा जर्जियामा १६–१६ र विस्किन्सिनमा १० इलेक्ट्रोल कलेज छन्।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २ सय ७० इलेक्ट्रोल कलेज जित्नु पर्छ।

सीएनएनका अनुसार अहिलेसम्म वाइडनले २ सय १५ र ट्रम्पले १ सय ६५ इलेक्ट्रोल कलेज जित्ने निश्चित भैसकेको छ।

महत्वपूर्ण मानिएका यी चारवटै राज्यमा ट्रम्पकै अग्रता कायम छ।

तर धेरै मत गणना हुन बाँकी रहेकाले अहिले नै निर्वाचन परिणाम आँकलन गर्न कठिन हुने र पूर्ण नतिजा आउन भने समय लाग्ने सञ्चारमाध्यमहरुले जनाएका छन्।

पेन्सिलभेनियामा ६२ प्रतिशत, मिसगनमा ५६ प्रतिशत, विस्कन्सिनमा ७१ प्रतिशत र जर्जियामा ८१ प्रतिशत मत गणना भैसकेको छ।

मतगणना जारी रहेपनि ठूला राज्यहरु क्यालिफोर्निया र न्युयोर्क वाईडनले जित्ने र तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको फ्लोरिडा राज्य ट्रम्पले जित्ने निश्चित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad